मुम्बई – बलिउडकी ‘बबली गर्ल’ अनुष्का शर्मा मंगलबारबाट ३० औं वर्षमा पुगेकी छन् । उनलाई विश्वबाट जन्मदिनको शुभकामना सन्देश सामाजिक सञ्जालमा आइरहँदा उनले ट्वीटरमार्फत जनावरको स्याहार सुसार गर्न पशुघर बनाउने घोषणा गरेकी छन्।
उनले ट्वीटरमा मुम्बईभन्दा बाहिर एक घर बनाएर पशुहरुको संरक्षण गर्ने उल्लेख गरेकी छन् । ‘हामी धेरै भाग्यशाली छौं कि हामी मानवको रुपमा जन्मियौं । हामीसँग आवाज छ, जसको माध्यमबाट हामी आफ्नो कुरा व्यक्त गर्न सक्छौं । हामीसँग केही मानव अधिकार छन् । जसबाट आफ्नो न्यायको माग गर्दछौं । हामी परिवारका साथ बस्दछौं । हाम्रो आसपास हामीसँग सम्बन्धित व्यक्तिहरूले एकापसको ख्याल गर्छौ।
तर तपाई जनावरको बारेमा सोच्नुहोस् त,’उनले ट्वीटेकी छन्,‘सोच्नुहोस् कि ती जनावरहरू कसरी बस्छन् ? उनीहरुलाई कस्तो व्यवहार गरिन्छ ? के उनीहरूको पनि केही हक छ ? के हामी उनीहरूसँग समानताको व्यवहार गर्छौ ?उनले आफूले मुम्बई बाहिर पशुलाई प्रेम, संरक्षण गर्नका लागि पशुघर खोल्ने निर्णय गरेको उल्लेख गरेकी छन् । उनले आफूले लामो समयदेखिको पशुघर बनाउने सपनालाई अब पूरा गर्न लागेको जनाएकी छन्।
क्रिकेटर विराट कोहलीसँग विवाह गरेपछि बरुण धवनसँग ‘सुई धागा’मा अभिनय गरेकी अनुष्का आजभोलि भने फिल्मको कार्यक्रम कम क्रिकेट स्टेडियममा ज्यादा देखिन्छिन् । अनुष्का विराट कोहलीको टिमको खेल जहाँ जहाँ हुन्छ त्यहाँ त्यहाँ विराट र टिमलाई सपोर्ट गरिरहेको देखिन्छिन्।
प्रकाशित: १९ वैशाख २०७५ ०३:३८ बुधबार