कला/साहित्य

दीपकराज गिरी लेख्छन्- कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ, होइन भने सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन

कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन्।

मङ्गलबार (आज) फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक तस्बिर राख्दै गिरीले यस्तो बताएका हुन्।

'प्रधानमन्त्रीसँग किन फोटो हालिस् ? अब तेरो...। यस्तै यस्तै कमेन्ट आउने होला। तर, कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नुभएन। कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ। होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन,' उनले लेखेका छन्।

यसअघि प्रधानमन्त्री ओलीको प्रशंसा गरेका अर्का कलाकार प्रकाश सपूतका विरुद्धमा सामाजिक सञ्जालमा नानाभाँतीका कमेन्ट गरिएका थिए। गिरीले सपूतको त्यही सन्दर्भलाई सम्झिँदै यस्तो लेखेका हुन सक्छन्!

प्रकाशित: ३० वैशाख २०८२ १७:५८ मंगलबार

#Deepakraj Giri #KP Sharma Oli