कला

जब सञ्जय दत्तले सलमानलाई थप्पड हाने...

मुम्बई– सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ। राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन्, जसको निकै तारिफ भइरहेको छ। 

सञ्जय दत्तको जीवनसँग जोडिएका कैयौ तथ्य बाहिर ल्याउने फिल्मको हाल सार्वजनिक टिजरमा सलमान खान र सञ्जय दत्तबीच हात हालाहाल भएको दृश्य देखाइएको छ। फिल्ममा सलमान खानको भूमिका जिम सरभले निभाएका छन्। 

सञ्चारमाध्मयका अनुसार सलमान र सञ्जयको झगडाको दृश्यलाई दर्शकले चासोपूर्वक हेरेका छन्। उनीहरुमा सञ्जय दत्तले आफ्ना सबैभन्दा नजिकका साथी सलमान खानलाई थप्पड किन हाने भन्ने प्रश्न समेत उठेको छ।

सलमान र सञ्जय दत्तको दोस्ती वर्षाै पूरानो हो। तर, दुबैको सम्बन्धमा त्यो बेला खटपट भयो जब सञ्जय दत्त आफ्नो ५ वर्षे जेल सजाय भुक्तान गरेर यरबदा जेलबाट रिहा भएका थिए। भारतीय सञ्चारमाध्मयका अनुसार सन् २०१४ मा सलमानले सञ्जु बाबा (सञ्जय दत्त)लाई आफ्नी म्यानेजर रेशमा शेट्टीलाई हायर गर्न सुझाव दिएका थिए। 

आफ्ना पुराना मित्र सलमानको सुझाव ग्रहण गर्दै सञ्जयले रेश्मालाई हायर त गरे। तर उनलाई राम्रो फिल्मको अफर आउन छाड्यो। यसो हुनुको कारण रेश्माले सम्हालेको सञ्जयको सचिवालय टिमले उनको पारिश्रमिक बढाएको रहेछ। यसैकारण निर्देशकहरु सञ्जयकहाँ फिल्मको प्रस्ताव लिएर जान सकेनन्। जब यो कुरा सञ्जयले थाहा पाए तब उनले रेश्मालाई तुरुन्तै हटाए। त्यो समयमा रेश्मा सलमानकी म्यानेजर पनि थिइन। रेश्मालाई सञ्जयले हटाएको सलमानलाई राम्रो लागेन र दुबैमा दुरी बढ्यो, बोलचाल नै बन्द भयो। यो क्रम चलिरहँदा एक पार्टीमा दुबैको जम्काभेट भयो र त्यहाँ हात हालाहालको अवस्था सिर्जना भयो। 

यो घटनापछि सञ्जयले थप्पड हानेको कुरा ढाकछोप गर्न सलमान आफ्नो भाईजस्तै भएको प्रतिक्रिया दिएका थिए। अब सञ्जय दत्त र सलमानबीचको झगडा फिल्म प्रदर्शन भएपछि थप प्रष्ट हुने नै छ। यो फिल्म २९ जुनमा रिलिज हुनेछ। फिल्ममा रणवीरका अलावा मनीषा कोइराला, परेश रावल, सोनम कपूर, करिश्मा तन्ना र दिया मिर्जाको मुख्य अभिनय रहेको छ।

यो फिल्म वर्षकै सबैभन्दा हिट हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: १७ वैशाख २०७५ ११:२३ सोमबार

जब सञ्जय दत्तले सलमानलाई थप्पड हाने...