कला/संस्कृति

यो प्रश्न विघटन

कविता

देश कता जान्छ

आशा छ त्यता जाँदैन

अर्को सडक छ

खुला छैन हायत

सबैलाई

यो लोकतन्त्र होइन

स्वागत भन्दैछ

परलोकतन्त्र

बायाँमा क्लाउडिया सिनबाउम

दायाँमा ह्यारी भण्डारी

संसारको बिचमा

मोदी ट्रम्प

आदर गर्छ यस बेला

देशले बनाएका

भाषणलाई को

नेता बोल्दैन

तपसिलका कुरा

नजिक आइरहेको संसारलाई

स्वागत गर्दैछ को

हत्यामा साबिती

सङ्गीत बजाइरहेछ

जेलबाट निस्केर बाहिर

आँखाले देख्न

नसक्ने कहीं

भाषण गर्नेको शब्दले

सहर छोडेको छ

इतिहास लेख्ने मन

यस बेला कता छ

फर्केको छैन शब्दमा

बजिरहेछ मन्दिरमा घण्ट

मौन आवाज लिएर

नाराको बिच

पछि लागिरहेछ

देश कसको

हराएका छन्

घोषणा भएका सहरहरू

देश फैलिएको छ

ट्रुडोदेखि

जेलेन्स्कीसम्म

एक्काइसौं शताब्दीको सलामी

अब को खान्छ

संसार पर्खिरहेछ

हेर्न

सडकमा बसेर

को हान्दैछ ढुंगा यस बेला

भर्खर आएको आवाजलाई

आएको छ सिमानामा

उत्तर–उत्तर

आधुनिक मान्छे

निर्माणको नक्सा लिएर

संविधान भन्ने कागजमा

देश छैन

देश मागिरहेछ नेपाल

स्वागत नेपाल

खोलेका छन् आउनेले

हेर्न खोजेको मुख

मानेको छैन देखाउन

सहर देशलाई

विनिर्माणको तस्बिर

भगवान् पत्ता लाएर

फर्केको नासा

मानेको छैन भगवान् 

राख्न सत्ताबाहिर

मानेको छैन

भन्न

मानवता फेल

देश आरोहण गरिरहेछ

यात्राको सारथि

मानेको छैन भन्न  

अर्को देश पहिला।

प्रकाशित: २३ चैत्र २०८१ ११:४० शनिबार

# Nagarik # Poem