कला

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

काठमाडौं– पत्रकार यज्ञशको पहिलो गैरआख्यान कृति ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ। पुस्तक गत भदौ १८ गते प्रकाशित भएको थियो। 

‘भुइयाँ’औसत जीवनको खोजीका लागि भएका आन्दोलनहरुमा संलग्न महिलाहरुको कथा हो। पुस्तकमा पश्चिम कैलालीदेखि पूर्वको मोरङसम्मका १२ महिलाहरुको जीवन कथा समेटिइएको छ। आख्यानको शैलीमा लेखिएको यस गैरआख्यानले समीक्षकहरु र आम पाठकको राम्रो प्रशंसा पाएको छ। गत फागुनमा उक्त पुस्तकले पहिचानको पक्षमा लेखिएका पुस्तकलाई दिइने रु दुई लाख दुई हजार दुई रुपैयाँको पहिचान पुरस्कार पनि पाएको छ। 

अघिल्लो संस्करणमा देखिएका गल्तीहरु सच्चाई र केही पुनर्लेखन गरी नयाँ संस्करण बजारमा आएको प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए। 

प्रकाशित: १२ वैशाख २०७५ १३:४३ बुधबार

भुइयाँको दोस्रो संस्करण बजारमा