कला

अंग्रेजीमा ‘मैले देखेको दरबार’

काठमाडौं– पूर्व राजाका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एन्ड पोलिटिक्स’ बजारमा आएको छ।

सन् २०१० मा प्रकाशित यो पुस्तकको अंग्रेजी संस्करणले पाठकलाई नारायणहिटी दरबारको रहस्यसँगै राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कू’, माओवादी जनयुद्ध र त्यसको जन्म र त्यसलाई मलजल गर्ने शक्ति, माओवादी र मूलधारका सात पार्टीबीच भएको विस्तृत १२ बुँदे सहमति, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्ता विषयलाई समेटेको छ।

‘ढिलै भए पनि पुस्तक अंग्रेजीमा अनुवाद भएको छ । नेपाली पढ्न नसक्ने पाठकहरुले अब मेरो पुस्तक पढ्न पाउने छन् । त्यसैले म खुसी छु,’ उनले भने, ‘पुस्तक एक जीवन्त इतिहास हो । यसले हालसालैको नेपाली इतिहासबारे केही अन्र्तदृष्टि प्रदान गर्दछ ।’ पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो।

 

 

 

प्रकाशित: १२ वैशाख २०७५ ०२:१६ बुधबार

अंग्रेजीमा मैले देखेको दरबार