कला

सितारामको ‘स्वार्थ तिम्रो’

काठमाडौं– गायक सिताराम पोखरेलको नयाँ गीत ‘स्वार्थ तिम्रो’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले भिडियो सार्वजनिक गरे।

भिडियोमा गायक सिताराम, नायिका अनु शाह, नायक सुवास पराजुली, अर्जुन गौतम र बाल कलाकार प्रांस तिवारीको अभिनय छ ।    गीतमा रमेश अधिकारीको शब्द र करणराज कार्कीको संगीत छगीतमा रमेश अधिकारीको शब्द र करणराज कार्कीको संगीत छ । भिडियोमा जनकदीप पराजुलीको निर्देशन, अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ।

२०४४ सालमा रेडियो नेपालबाट ‘सजाई दियौ जिन्दगी नै मेरो’ बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा शुरु गरेका सितारामले हालसम्म ‘खोजि हेरिनौ’, ‘विना कारण’, ‘स्पार्क’, ‘अटोबर फोर’, ‘सम्मान’ र ‘सम्मान २’ एल्बम बजारमा ल्याइसकेका छन्।गायक पोखरेलले नयाँ गीतमा आफूले नयाँ प्रयोग गरेको बताए। ‘गीतको भिडियो दर्शकका लागि रुचीकर बन्न सक्छ । किनकी यसमा हामीले नयाँ सोचको प्रयोग गरेका छौं ।’ उनले भने।

 

प्रकाशित: ११ वैशाख २०७५ ०२:५० मंगलबार

सितारामको स्वार्थ तिम्रो