कला/संस्कृति

निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माकाे अभिनयमा डेव्यु

नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन्। उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्‍याइँर्‍याइँ’  एक कार्यक्रमकाे बीच सार्वजनिक गरिएको हो।

गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफूलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए। उ सिनेमाको पर्दामा भन्दा पनि पर्दा पछाडि काम गर्न रुचाउने मान्छे हो। उसले यसअघि पानीफोटो र रातो टीका निधारमा लगायतका सिनेमामा सहायक निर्देशकको रूपमा काम गरेको थियो। उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए। मेरो सिनेमाबाट नै डेव्यु गराउन तयार थिए,’ निर्देशक शर्माले भने।

मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक बसन्त थापा र एलिना चौहानको स्वर छ। यो गीतको शब्द रचना वरिष्ठ गीतकार राजेन्द्र थापाले गरेका हुन्। अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय छ। डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भाइवस् समेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन्।

पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव रमाइलो त भयो नै। त्यससँगै डान्सिङ नम्बर भएकाले नृत्य गर्न केही असहज समेत भएको शर्माले बताइन्। आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएमा अभिनयलाई समेत निरन्तरता दिने सोच उनको छ। त्यससँगै आफ्नो सपना सिनेमा निर्देशन भएकाले त्यसमा पनि उत्तिकै फोकस हुने उनको सोच छ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियो अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन्।

प्रकाशित: ८ चैत्र २०८१ १२:२३ शुक्रबार

# Laghukatha # Story # Poem # Nagarik