कला/संस्कृति

वादविवाद

बाललघुकथा

नेपाली विषयका शिक्षक पस्नासाथ कक्षाका विद्यार्थीलाई सोधे, ‘आज हामी के गर्छौ?’

‘गुरु आज वादविवाद गर्ने।’ एकैपटक सबै कराए। शिक्षकले वक्ता विद्यार्थीलाई दुई भागमा विभाजन गरे र कालो पाटीमा विषय लेखिदिए।

गोलाप्रथा अनुसार बोल्ने पहिलो पालो कल्पनाको पर्‍यो। उनले बुबाभन्दा आमा ठूलो भनेर आफ्नो दल पेस गरिन्।

छात्राहरूले आमा ठूलो र छात्रहरूले बुबा ठूलो भनेर बहसलाई घोचपेचमा परिणत गरे।

झोक्राएको देखेर कक्षाको कुनामा बसेका श्रीधरलाई गुरुले सोधे, ‘श्रीधर तिमी किन झोक्रिएका?’

उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’

- किन?

उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’

- श्री पोखरेल

प्रकाशित: १५ फाल्गुन २०८१ ११:५२ बिहीबार

# Laghukatha # Muktak sangraha # Laghukatha Samaj Nepal # Gajal # Pustak Lokarpan # Hamro Laghukatha Kendra # Debate topic