कला

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

काठमाडौँ – मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ। 

र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश गीतहरु मध्येको सुन बोलको गीतको भिडियोमा मिस नेपाल इन्टरनेशनल २०१८ अमात्यलाई फिचरिङ गरिएको छ । 

गीतमा निर्णयसँगै प्रति कवरको स्वर रहेको छ। शब्द तथा संगीत निर्णयकै रहेको उक्त गीतको भिडियोलाई राम तिमल्सिना र शैलेन्द्र खोकालीले खिचेका हुन् भने निर्णय र शैलेन्द्रले निर्देशन गरेका हुन्। 

 

प्रकाशित: ६ वैशाख २०७५ ०५:३३ बिहीबार

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक