कला

कवि सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन्। देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा ८७ कविता सङगृहीत छन्। कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाइलाई अक्षरमार्फत कवितामा उतारेको बताए।

उनले भने, ‘कविता मार्फत आफूसँगै अरूको अस्तित्व स्वीकार्नुपर्छ भन्ने मान्यता व्यक्त गरेको छु। यहाँ आफैँमा हराइरहेकालाई अरूको विषय जानकारी गराउने शब्द कवितामा प्रयोग गरेको छु। यसमा किसान, समाज सबैको पक्ष समेटिएको छ।’

उनले सन् २०१५ देखि नै कविता लेख्ने गरे तापनि पछिल्ला केही वर्षमा देखेको समाज र भोगाइलाई कवितामा उतारेको बताए। उनले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए।

‘यो एउटा प्रयासरत व्यक्तिको भोगाइ हो। जसले हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेको छ। यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भने। ९२ पृष्ठ रहेको ’अपरावर्ती’ को मूल्य ३ सय ९९ राखिएको छ।

प्रकाशित: २३ माघ २०८१ १०:३३ बुधबार

# Nagarik # Poem