कला

साकेला शिली प्रतियोगिता

नुनथलामा साकेला शिली प्रस्तुत गर्दै किरात राई समुदायका युवायुवती । तस्बिर : नागरिक

खोटाङ– राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलास्थित नुनथला युवा सेवा समाजले साकेला शिली प्रतियोगिता आयोजना गरेको छ।

‘कला र संस्कृति हाम्रो पहिचान, जर्गेना गर्ने हाम्रो अभियान’ भन्ने नारासहित गत शनिबार नुनथलामा आयोजना गरिएको प्रतियोगितामा मछामा–बेसारा–व्याप्लती शिली प्रस्तोता किरात राई यायोक्खा रतन्छा प्रथम, पेर्पा–खासिमा सिली प्रस्तोता साकेला सिली समूह हलेसी दोस्रो, जनचेतना आधारभूत विद्यालय बुइपा तेस्रो र चावा सिली प्रस्तोता नुनथला हाँवु सान्त्वना बने।

विजयी टोलीलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको समाजका सचिव जयन राईले बताए । साकेला शिलीतर्फ ७ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीताका विजयी समूहलाई वडाध्यक्ष भीम राई, सुन्दरलाल तामाङले पुरस्कार प्रदान गरेका थिए ।


 

प्रकाशित: ५ वैशाख २०७५ ०३:५२ बुधबार

साकेला शिली प्रतियोगिता