कला

सलमान र प्रियंका १० वर्षपछि सँगै

नयाँ दिल्ली – कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्।

निर्देशक अलि अब्बस जफरले निर्देशन गर्ने यो चलचित्रमा १० वर्ष पछि सलमान खान र अभिनेत्री प्रियंक चोपडा पर्दामा देखिनेछन्।

सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरीसकेका छन्। सुटिङ पूर्व कट्रीनाको नाम जोडिएपनि पछि प्रियंकालाइ लिइएको हो।

१८० करोड लगानीमा निर्माणमा हुन लागेको ‘भारत’ दक्षिण कोरियाली चलचित्र ओट टु माइ फादरमा आधारित रहने छ।

प्रकाशित: ४ वैशाख २०७५ ०९:५९ मंगलबार

सलमान प्रियंका १० वर्षपछि सँगै