कला

विमलको ‘हिजो र आजका कथा’

काठमाडौ – साहित्यकार विमल भौकाजीले सम्पादन गरेको कथासंग्रह ‘हिजो र आजका कथा’ सार्वजनिक भएको छ । सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई–दुई कथा छन्।

डिकुरा पब्लिकेशनले प्रकाशन गरेको २ सय ९४ पृष्ठको पुस्तकमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र  हरि अधिकारीका कथा प्रकाशित छन्।पुस्तकमा छापिएर चर्चामा आएका कथा समाविष्ट छन् ।

कृतिका सम्पादक भौकाजीले स्रष्टाको क्रियाशीलताको तस्वीर संग्रहमा देखिएको बताए ।‘खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखेपछि वा बोलिसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ । हामीले यो कथा सङ्ग्रहबाट पाठकलाई अलिक भिन्नै बाटो हिडाउने प्रयास गरेका छौँ,’ उनले भने ।

 

प्रकाशित: ३ वैशाख २०७५ ०४:०१ सोमबार

विमलको आजका कथा