कला

एकसाथ अनिलका दुई एल्बम

काठमाडौं – गायक तथा संगीतकार अनिल लामाले नौ वर्ष पछि एकसाथ दुई एल्बम ‘माउन्टेन हर्ट’ र ‘लभ वेज’ बजारमा ल्याएका छन् । उनको एल्बमको राजधानीमा सांसद जीपछिरिङ सेर्पा, पूर्व सांसद तिर्थ लामा, कलाकार रोज मोक्तान, इन्दिरा गोले, शशिकला मोत्तानलगायतले एल्बम सार्वजनिक गरे।

एल्बम ‘लभ वेज’मा टिका बोम्जनको शब्द तथा संगीतमा चार गीत छन् । एल्बम ‘माउन्टेन हर्ट’मा ‘बुत्तचित्त फल्ने तिमालमा’, ‘देखें तिमीलाई देखें’, ‘निरास नहोउ तिमी’ र ‘म छु तिम्रो साथमा’मा गरी चारवटा गीत समेटिएका छन् । चारमध्ये एउटा गीतमा सुवास राई ‘क्याप्टेन’को शब्द तथा संगीत छ भने बाँकी तीनवटा गीतमा अनिलकै शब्द संगीत रहेको छ।

२०५७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका अनिलले यसअघि ‘तृष्णा’, ‘एकादेश’, ‘पिरतीको जालो’ र ‘आभास’ गरी चारवटा एल्बम श्रोता दर्शकमाझ आइसकेका छन् । कार्यक्रममा ‘बुद्धचित्त फल्ने तिमालमा’ र ‘सैलुङे गाउँकी मैच्याङलाई’ गरी दुई वटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

 

प्रकाशित: ३ वैशाख २०७५ ०३:५८ सोमबार

एकसाथ अनिलका दुई एल्बम