कला

पुस्तकमा विस्केट जात्रा

भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका  रंगीन तस्बिरहरु संकलित ‘बिस्काः जात्रा’ नामक पुस्तक प्रकाशित भएको छ। रजन कुस्लेले पाँंच वर्ष लगाएर खिचेका जात्रा सम्वन्धी झण्डै दुई सय फोटो पुस्तकमा समेटेका छन्। श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुलाँंचा  भक्तपुरले बिस्केट जात्राकै दौरानमा पुस्तक प्रकाशन गरेको हो।

पुस्तकमा बिस्केट जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्मका सांस्कृतिक क्रियाकलापका फोटोहरू संकलित छन्। पुस्तकमा जात्राको क्रममा भक्तपुर नगरमा मात्रै नभई भक्तपुर जिल्लाका विभिन्न ठाउँंहरूमा हुने जात्राका फोटो पनि समावेश छन्। भक्तपुरमा विस्केट जात्रा आठ रात नौ दिन मनाइन्छ। प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडि र वैशाख ५ गतेसम्म गरी यहाँं नौ दिन जात्रा मनाइन्छ। लिंगो उठाउने र ढाल्ने, भैरबनाथको रथ तान्ने, ठिमीको सिन्दुर जात्रा र वोडेको जिव्रो छेडने यहाँंको जात्राका मुख्य आकर्षण हुन्।

फोटोग्राफर एवं संस्कृति अध्ययनकर्ता रजन कुस्लेले बिस्केट जात्रामा खिचेका अनगिन्ती फोटोमध्ये महत्वपूर्ण एवं जानकारीमुलक फोटो मात्रै पुस्तकमा समावेश गरेको जानकारी गराए। पुस्तकमा विगत १० वर्ष अगाडिका विस्केट जात्राका केही फोटोहरु समावेश भए पनि विगत पाँंच वर्षदेखि भने निरन्तर रुपमा यही पुस्तककै लागि फोटो खिचेको उनी बताउँंछन्। पुस्तकमा विस्केटको लागि गरिने तयारीदेखि लिएर अन्तसम्मका महत्वपूर्ण दृश्यहरु क्रमिक रुपमा राखिएका छन्। यसअघि कुस्लेको भक्तपुरको एकमहिने श्री माधब नारायण धलं (ब्रत) बारेका रंगीन फोटोको संकलन रहेको चित्रात्मक पुस्तक प्रकाशित भइसकेको छ।

प्रकाशक श्री बाराही वचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष वलराम प्रजापतिले विस्केट जात्राबारे सर्वसाधारणलाई विस्तृत जानकारी दिन पुस्तक प्रकाशन गरेको जानकारी दिए। कलासंस्कृतिलाई जोगाउन संस्थाबाट थोरै भए पनि योगदान पुयाउन सकोस् भनी पुस्तक प्रकाशन गरेका संस्थाका संस्थापक अध्यक्ष राधेश्याम सुवालले जानकारी दिए। जात्राबारेका नकारात्मक वुझाईलाई हटाउन पनि विस्काः जात्रा पुस्तकले सहयोग गर्ने विश्वास उनले लिए।

पुस्तकमा इतिहास एवं संस्कृतिविद् प्राडा परुषोतमलोचन श्रेष्ठले पुस्तकले इतिहास एवं संस्कृतिका विद्यार्थीलाई धेरै नै सहयोग प¥ुयाउने विश्वास व्यक्त गरे। साहित्यकार एवं शिक्षाविद् महेन्द्रगोपाल कर्माचार्यले इतिहासका महत्वपूर्ण विषयमा गरिने यस्ता काममा सरोकारवाला निकायबाट सहयोग हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २ वैशाख २०७५ ०६:०० आइतबार

पुस्तकमा विस्केट जात्रा