कला

‘बालबाल उद्घोषण तथा क्षमता विकास’ पुस्तक लाेकार्पण

प्रशिक्षक तथा लेखक शङ्करकुमार प्रधानकाे ‘बाल उद्घोषण तथा क्षमता विकास’ पुस्तकको भएको छ।

संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बालसाहित्यकार डा. छायादत्त न्यौपाने, साहित्यकारद्वय महेश पौडेल र देवराज सिम्खडा, लेखककी आमा सन्तकुमारी श्रेष्ठ र छोरी सवानी प्रधानले संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

कार्यक्रममा डा. न्यौपानेले पुस्तकले बालबालिकालाई बोल्न र कार्यक्रम सञ्चालन गर्न मात्र सक्षम नबनाइ सर्वाङ्गीण विकासमा समेत टेवा पु¥याउने हुँदा निकै पठनीय, मननीय र सङ्ग्रहणीय रहेको बताए।

बालसाहित्यकार महेश पौडलले उक्त पुस्तक बालबालिकाको लागि मात्र नभई अभिभावक, शिक्षक वर्गसहित सबैका लागि उपयोगी रहेको बताए।

लेखक प्रधानले मोबाइलको लतमा बालबालिकालाई त्यसबाट हटाउन अभिभावक आफैँले पुस्तक अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने धारणा समेत व्यक्त गरे। बालबालिका भनेका देशका कर्णधार र सुन्दर समाज निर्माणका आधारशीला हुन् भन्ने मर्मलाई आत्मसात गर्दै यो पुस्तकले धेरैभन्दा धेरै बालबालिकाको जीवन सुन्दर बनाउने काममा योगदान गर्ने उनले विश्वास पाेखे।

पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठले संस्कार पब्लिकेसनले स्तरीय पुस्तक प्रकाशन गरी समाजलाई गतिशील बनाउने काममा लागेको बताइन्। कक्षा ८ मा अध्ययनरत सुहाना श्रेष्ठले पुस्तक समीक्षा गर्दै हामी जस्ता बालबालिकाको क्षमता विकास, बोल्ने कलाको विकास, व्यवहार गर्ने कलाको विकास, अन्य व्यक्ति व्यक्तित्वसँग गर्ने व्यवहारमा ल्याउनुपर्ने मिठासबारे यो पुस्तक गतिलो खुराकको रूपमा आएको बताइन्।

लेखकका छोरा वर्ष १२ का समीप प्रधानले सञ्चालन गरेको कार्यक्रममा पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले नेपाली समाजमा पठन संस्कृतिको महत्त्वबारे बोलेका थिए।

लामो समयदेखि भाषण, उद्घोषण तथा व्यक्तित्व विकास क्षेत्रमा क्रियाशील लेखकका योसमेत तीन कृति प्रकाशनमा आइसकेको छ। 

प्रकाशित: १८ पुस २०८१ १३:३५ बिहीबार

# Coach and Writer # Contribute jointly # Personality development