कला

शाश्वत स्मृति प्रतिष्ठानबाट सम्मान तथा पुरस्कार प्रदान

शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्य, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेकाेमा साहित्यकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूलाई शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

नेपाली साहित्य तथा समालोचना क्षेत्रमा उल्लेख्य योगदान पुराएबापत डा. टिकाराम उदासी एवम् निल सागर संस्था मार्फत वृद्ध तथा असायहरूको सेवा गरेबापत समाजसेवी नील सागरकी संस्थापक सरिता खनाललाई दशदश हजार राशिको यस वर्षको शाश्वत स्मृति पुरस्कार प्रदान गरिएको छ।

यसै गरी स्वास्थ क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएबापत डा. दुर्गा प्रधान (मरोणापन्त), डा. विनोद खेतानलाई शाश्वत स्मृति सम्मानद्वारा सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई खादामाला, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गर्दै समाजमा हरेक व्यक्तिको आआफ्नो क्षेत्रमा उत्तिकै महत्त्व हुने गर्दछ। हरेकको प्रयासबाट समाज परिवर्तन हुने भएकाले हरेकले आफूले सम्हालेको क्षेत्रमा इमानदारी देखाउनु जरूरी भएको बताए। उनले इमानदार र कर्तव्यनिष्ठ भएर कार्य गर्नेहरू समाजमा सधैं सम्मानित हुने बताए।

शाश्वत स्मृति प्रतिष्ठानले योगदानको आधारमा सम्झनै पर्ने व्यक्तिहरूलाई सम्झेकोमा खुसी लागेको बताउँदै ढकालले सम्मानित व्यक्तित्वहरूलाई समाज परिवर्तनका लागि गर्नै पर्ने कुराहरू थुप्रै भएकले योग्य र सक्षम उत्तराधिकारहरू तयार गर्न आग्रह गरे।

कार्यक्रमका सभापति तथा शाश्वत स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा जनार्दन आचार्यले शाश्वत स्मृति प्रतिष्ठानले साहित्य, कला, स्वास्थ्य लगायत समाजसेवाको क्षेत्रमा काम गरिरहेको बताए।

नरेन्द्रनाथ योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा डा. टिकाराम उदासी र डा.विनोद खतानले मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रममा नवीन अभिलाषाी, चरित्रा शाह, एम रेग्मी र चन्द्रावती अधिकारीले कविता वाचन गरेका थिए।

साहित्यकार  खगेन्द्र गिरि कोपिलाले गरेकाे कार्यक्रममा प्राज्ञ हरि तिमिल्सिना, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भन्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजाल, किरण आचार्य, विष्णु पादुका, भरत रानाभाट, भिमबहादुर शाही, मणि अर्याल, कल्पन पौडेल, बद्री ढकाल हिरामणि, खोपीराम ओली लगायत दर्जनाैं स्रष्टाको उपस्थिति रहेको थियाे। 

प्रकाशित: ७ पुस २०८१ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App