बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले शुक्रबार छापा मारेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पोर्नोग्राफी मामिलमा ईडीले छापा मारेको हो । दैनिक भास्करका अनुसार घरपछि शिल्पा पति राज कुन्द्राको कार्यालय पनि छापा मारिएको थियो ।
केही समयअघि ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पिएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारूको चलअचल सम्पत्ति जफत गरेको थियो । जफत गरिएको सम्पत्तिमा शिल्पा र राजको एक घर पनि सामेल छ ।
सन् २०२१ जुलाईमा राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए । यस मामिलामा उनी जमानतमा छुटेका हुन् ।
प्रकाशित: १४ मंसिर २०८१ २१:१६ शुक्रबार