नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट नव निर्वाचित अध्यक्ष वरिष्ठ अभिनेता कृष्ण मल्ल सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएकोमा सम्मान गरिएकाे छ।
वरिष्ठ अभिनेता मल्ल र सम्पूर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई एसएस फाउन्डेशनको तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघको तर्फबाट अध्यक्ष राधेश्याम लेकाली, उप्रेती सेवा समाजका तर्फबाट कोषाध्यक्ष खेम उप्रेती र वस्याल ( राउत फाउन्डेसन (अमेरिका) को तर्फबाट प्रतिनिधि हेम पाठकबाट बधाई पत्रसहित सम्मान गरिएकाे छ।
गीतकार एवं समाजसेवी शोभित उप्रेतीले सहजीकरण गरेको सो कार्यक्रममा दर्जनाैं कलाकार, साहित्यकार र पत्रकारको उपस्थिति रहेको थियो।
सोसाइटीको कार्यसमितिको अन्य पदाधिकारी र सदस्यहरूमा प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन्।
त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ र सह कोषाध्यक्षमा दुर्गा बिशुराल निर्वाचित भएका छन्।
यसैगरी सोसाइटीको सदस्यहरूमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन्।
नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ।
प्रकाशित: १४ मंसिर २०८१ १२:२५ शुक्रबार