चलचित्रमा आइटम गीतको फरक महत्व छ। कहिलेकाहीं चलचित्रको भन्दा गीतको चर्चा बढी हुन्छ।
विश्वको ठूलोमध्ये एक बलिउडमा पनि आइटम गीतको अलग महत्व छ। भारतीय चलचित्र उद्योगमा नृत्य गरेर कलाकारले राम्रो पारिश्रमिक पनि लिने गरेका छन्।
बलिउडमा नोरा फतेही, मलाइका अरोडा लोकप्रिय नर्तकीहरू हुन्। तर, अर्को एक नयाँ नाम भारतीय सिने क्षेत्रमा चर्चामा छ। त्यो नाम हो, सामन्था रुथ प्रभु।
उनले ‘पुष्पा: द राइज’ फिल्मको ‘ऊ अन्तावा’ गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन्। उत्त गीतले चलचित्रको लोकप्रियतासँगै सामन्थालाई पनि एक नयाँ पहिचान दिलायो।
उत्त गीतका लागि सामन्थाले ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन्। यो रकमले भारतीय सिने उद्योगमा उनलाई सबैभन्दा महँगो नर्तकी बनाउँछ।
उनको प्रतिस्पर्धीका रुपमा रहेका नोरा फतेही र मलाइका अरोडाले सामन्थाको पारिश्रमिकको तुलनामा निकै कम प्राय: २ करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । एनडिटिभि
प्रकाशित: १२ मंसिर २०८१ १३:०० बुधबार