कला

‘नेपाल स्रष्टा समाज’ को विभिन्न जिम्मेवारी विभाजन

नेपाल स्रष्टा समाजले कार्यविभाजन तथा सल्लाहकार मनोनयन गरेको छ। समाजको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिमा विभिन्न कार्यविभाजन गरेको हो।

केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो।

यसैगरी बैठकले विभिन्न उपसमितिका संयोजकहरू तोकेको छ। जसअनुसार अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिको संयोजकमा उपाध्यक्ष डा. सदानन्द कडेल, प्रदेश समितिहरूसँग समन्वय गर्ने जिम्मा महासचिव देविकानन्द तिमल्सिना र प्रचार समिति संयोजक प्रदीप सापकोटालाई जिम्मेवारी तोकिएको छ।

यसैगरी कार्यसमिति सदस्य डा. शान्तिमाया गिरीलाई समाजको मुखपत्र स्रष्टा दर्पणको कार्यकारी सम्पादकको जिम्मेवारी दिएको छ।

साथै सोही बैठकले समाजको सल्लाहकारमा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा र रोचक घिमिरे, वरिष्ठ नाटककार एवं साहित्यकार अशेष मल्ल, प्राडा गोविन्दराज भट्टराई तथा प्राडा लक्ष्मणप्रसाद गौतमलाई मनोनयन गरेको छ।

समाजले आफ्नो स्थापना दिवस पुस १६ लाई प्रदेश तथा प्रदेश तथा केन्द्रीय स्तरमा भव्य रूपमा मनाउने निर्णय गरेको छ।

प्रकाशित: ८ मंसिर २०८१ ११:०२ शनिबार

# Nepal Srasta Samaj #Different division of responsibilities #President Shriom Shrestha Rodan