कला

७२ जनालाई विशिष्ट श्रेणी फिल्मकर्मी परिचयपत्र

नेपाली फिल्म क्षेत्रका ७२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्रदान गरिएको छ। बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले परिचयपत्र प्रदान गरे।

विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र पाउनेमा नेपाली भाषा, जातीय क्षेत्रीय फिल्म निर्माता, निर्देशक, कलाकार र प्रावधिक छन्। नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिएबापत उनीहरूलाई विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्रदान गरिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए।

विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्राप्त गर्नेमा गौरी मल्ल, नवल खड्का, आकाश अधिकारी, अशोक रोक्का, उदय सुब्बा, उदय सिंह बोहोरा, सरोज खनाल, शोभित बस्नेत, कपिलप्रसाद द्वा, कृष्णप्रसाद ढुंगाना, कुमार महर्जन, केपी पाठक, केदारनाथ दवाडी, गोविन्द नेपाली, चेतन सापकोटा, तैयब शाह, विशाल विष्ट, दिव्येश्वर गौतम, देवकुमार श्रेष्ठ, नगेन्द्र घिमिरे, नानीकाजी डंगोल, निर्जलकुमार श्रेष्ठ, प्रमोद ढुंगाना, पुष्पकुमार श्रेष्ठ, पुरनलाल जोशी, पूर्णबहादुर तामाङ, बालदीप राई, विजयरत्न तुलाधर, विश्वराम केसी, विमल पौडेल, मदन घिमिरे, मधुसूदन प्रधान, माओत्से गुरुङ, मुकुन्द थापा, रचना सिंह, रत्न ढकाल, रमेश रञ्जन झा, रवि डंगोल, राजु केसी, राजकुमार शाह, राजेन्द्र थापा, रामेश्वरजंग केसी र राजुविक्रम थापा लगायत छन्।

कार्यक्रममा विशिष्ठ श्रेणीको फिल्मकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधोपचार बिमावापत प्राप्त रकमको चेक हस्तान्तरण प्रदान गरिएको थियो। त्यस्तै अभिनेत्री केकी अधिकारी, निर्देशक दीपाश्री निरौला, दीपेन्द्र लामा, दीपन्द्र के खनाल र रामबाबु गुरुङले आफ्नो फिल्मको स्क्रिप्ट चलचित्र विकास बोर्डको संग्रहालयका लागि हस्तान्तरण गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८१ ०८:२३ बिहीबार

# Muktak #Special Category Filmmaker Identity Card