वातावरणविज्ञ डा.ऋषि बस्ताकोटीको कवितासंग्रह ‘पानीको रङ’ काे लाेकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यमा संग्रहकाे लाेकार्पण भएकाे हाे।
प्रमुख अतिथि कुलपति भूपाल राई, प्राज्ञहरू बाबा बस्नेत र डा. कृष्णराज अधिकारी, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, समालाेचक स्रष्टा राजकुमार बानियाँ, राधा कल्पित र हरिहर तिम्सिनाले कवितासंग्रहकाे लाेकार्पण गरेका हुन्।
समालाेचक राजकुमार बानियाँ, राधिका कल्पित र हरिहर तिमिल्सेनाले कवितासंग्रह ‘पानीको रङ’ काे समीक्षात्मक टिप्पणी गरेका थिए।
राजकुमार बानियाँले कविले तिस वर्ष लगाएर लेखेकाे उक्त संग्रह कलेक्सन नभई सिलेक्सन रहेकाे बताए। कवितामा समसामयिक विषय, जन्मभूमिप्रतिकाे चासाे, राजनीति, विदेश पलायन, भुई मान्छेकाे पीडा जस्ता अनेक विषय समेटिएकाे बताए। कवितामा शाश्वत बिम्ब, विम्ब र भावकाे सन्तुलन र मीठाे लय रहेकाे पनि उनले बताए।
राधा कल्पितले ‘पानीको रङ’ ओजिला कविताहरूकाे संग्रह रहेकाे बताइन्। कविताका अनेक आयाम छन्। ती कविताहरूमा मीठाे विम्ब, शालीन शैली र गेयात्मकले कविताहरू ओजिला बनेका छन्।
त्यस्तैगरी हरिहर तिम्सिनाले उनका कवितामा शब्द चयनमा मितव्ययिता, शालीन विद्राेह र फरकफरक पात्र र परिवेश रहेकाे बताए।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर पनि कविले लेखनलाम निरन्तरता दिएकाेमा खुसी व्यक्त गरे। धेरै नेपाली नाेस्टालजियाकाे कारणाले कवि भएका छन्। तर यी कवि भने नेपालमै हुँदा कहलिएका कवि हुन्।
साहित्यकार बस्ताकोटीले घरपरिवार र साथीभाइको हौसलाले सङ्ग्रह निकाल्न सफल भएकाे बताए।
कार्यक्रममा राेशन शेरचन र विमल भाैकाजीले लाेकार्पित कृतिका एकएक कविता वाचन गरेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा. कृष्णराज अधिकारीले कवितासङ्ग्रहको चर्चा गर्दै शुभकामना दिएका थिए।
शिखा बुक्सले प्रकाशन गरेको ‘पानीको रङ’ कवितासंग्रहमा ४० कविता संग्रहीत छन्। कविता, गीत गजलमा परिचित कवि बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता हुन्। वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका उनी नर्थ क्यारोलाइना वातावरण विभागका वरिष्ठ वातावरणविज्ञ पनि हुन्।
यसअघि उनका ‘ज्वालाका रापहरू’ गजलसंग्रह, ‘स्पर्श गजल’ एल्बम र ‘विसंगत बस्ती’ मुक्तकसंग्रह प्रकाशित छन्।
प्रकाशित: १ मंसिर २०८१ १०:३२ शनिबार