कला

सलमान जेठ १२ मा काठमाडौं आउने निश्चित

 काठमाडौं – बलिउड अभिनेता सलमान खान जेठ १२ गते काठमाडौं आउने  मिती तय भएको छ।
मुम्बईस्थित जेए इभेन्टले नेपालको ओडिसी नेपाललाई पठाएको पत्रमा सलमान जेठ १२ मा काठमाडौंमा आउने निश्चित भएको उल्लेख गरिएको छ।

सलमान खानसहित उक्त टोलीमा सोनाक्षी सिन्हा,कृति सनोन,प्रभु देवा,दिशा शाह लगायतको उपस्थिती रहने बताइएको छ।गत फागुनमा काठमाडौं आउने अभिनेता सलमान कार्यक्रम स्थगित भएको थियो।

कालो हरिण शिकार अभियोगमा जेल चलान गरिएका सलमान जेलबाट धरौटीमा रिहा भएलगत्तै नेपाल आउने कार्यक्रम तय भएकाे हाे। गत फागुन २६ गते  सलमानकाे उपस्थितीमा काठमाडौंको टुडिँखेलमा आयोजना गरिने भनिएको दबङ टुर नामक सो विप्लब माओवादीका धम्कीका कारण स्थगित गरिएको थियो।

 

प्रकाशित: २६ चैत्र २०७४ ०७:०८ सोमबार

सलमान १२ काठमाडौं आउने