कला

जनगायक रामेशलाई सम्मान

गायक रामेश श्रेष्ठलाई शनिबार सम्मान गरिएको छ। केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभामा उनलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवाँले दोसल्ला ओढाई सम्मान गरेका थिए। जनगायक, नेपालको प्रजातान्त्रिक र बामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व रामेशका ‘रक्त क्रान्तिको ज्वालामुखीमा’, ‘एक जुगमा एक दिन’, ‘गाउँगाउँबाट उठ’, ‘आऊँ मिलाऊँ हाम्रा हातहरू’, ‘गाई त बाँध्यौ ढुंग्रामा मोही छैन’, ‘कोही त भने जाहजमा हरर’ गीत गाएर चर्चित भएका व्यक्तित्व हुन्।

प्रकाशित: २५ कार्तिक २०८१ ०८:०३ आइतबार

# Janagayak ramesh # Gai ta badhou Dhungrama mohi xoina # Gaun-gaunbat utha