कला

स्रष्टा कुमार काफ्लेको ‘सपना कतिपय’ को परिचर्चा

सिर्जना अभियान समाज, भक्तपुरले स्रष्टा कुमार काफ्लेको लघुकथासंग्रह ‘सपना कतिपय’ काे परिचर्चा गरेकाे छ।

सिर्जना अभियान समाज, भक्तपुरकाे अध्यक्ष ध्रुव मधिकर्मीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा कृतिभित्र सङ्गृहीत चवन्न लघुकथाहरू, लघुकथाका विषय र विशेषतामाथि समीक्षक तथा सर्जक डा. हरिप्रसाद भण्डारी, डा.विदुर चालिसे, दीपक लोहनी, डा. हिमलाल श्रेष्ठ र इन्दिरा चापागाईंले विविध दृष्टिकोणले चर्चा गरेका थिए।

कृति विमर्शका प्रमुख वक्ता डा. हरिप्रसाद भण्डारीले स्रष्टा कुमार काफ्लेको सिर्जनात्मक व्यक्तित्व र ‘सपना कतिपय’ का लघुकथाहरूको कथानक, प्रस्तुति, उद्देश्य र सन्देशबारे स्पष्ट पार्दै कुमार काफ्लेले लघुकथामार्फत प्रगतिशील विचार प्रस्तुत गरेको चर्चा गरेका थिए।

डा. विदुर चालिसेले पुर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथासङ्ग्रहमा रहेका लघुकथाको स्मरण गर्दै कुमार काफ्लेले विविध विषयमा सकारात्मक भावका लघुकथा सिर्जना गरेको बताए।

लघुकथा समीक्षक दीपक लोहनीले कथायात्री कुमार काफ्लेका लघुकथाले नवीन समालोचनाको माग गर्ने कुराको सप्रसङ्ग विस्तारमा बताए। कुमार काफ्लेले विविध विषयमा लघुकथा, कथा सिर्जना गर्ने गरेको भए पनि प्रेम, प्रणय र यौनमनोविज्ञान विषयक लघुकथा बेजोड रहेका उदाहरणसहित स्पष्ट पारेका थिए।

त्यसैगरी डा हिमलाल श्रेष्ठ र इन्दिरा चापागाईंले ‘सपना कतिपय’ का लघुकथाको सबल र दुर्बल पक्षको विवेचना गरेका थिए।

‘सपना कतिपय का सर्जक काफ्लेले आफ्नो लेखनयात्रा र लघुकथा सिर्जनाबारे आफ्नो भनाइ राखेका थिए।

सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले नेपाली साहित्यमा ‘सपना कतिपय’ लघुकथासङ्ग्रह आउनु खुसीको कुरा हो भन्दै स्रष्टा काफ्लेलाई शुभकामना तथा बधाई दिएका थिए।

पद्मा खयरगोलीले चलाएकाे कार्यक्रममा सिर्जना अभियान समाजको तर्फबाट कथाकार ध्रुव मधिकर्मीले कथाकार कुमार काफ्लेलाई सपना कतिपय’ कृतिको सफलताको कामना गर्दै प्रशंसापत्र प्रदान गरेका थिए।

स्रष्टा काफ्लेको कृति ‘सपना कतिपय’ को परिचर्चा कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसी, लघुकथा साैन्दर्यका संस्थापक श्रीराम राई, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, कथायात्राका दीपक लोहनी, हरिश कल्पित र प्रमोद प्याकुरेल, हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेशका इन्दिरा चापागाईं, ध्रुवराज थापा, मनिषकुमार शर्मा समित, श्याम श्रेष्ठ, शान्ता तिम्सिना र रमेश सुवेदी, लघुकथाकारहरू - अम्बिका धिताल, सत्या अधिकारी, विमल ताम्राकार, मन्दिरा मधुश्री, कात्यायान, ईश्वर पोखरेल, हरिबोल काफ्ले, निर्मला बराल, एञ्जल निलुकाे उपस्थित रहेका थिए।

त्यस्तै कार्यक्रममा राजेशमान केसी, अनिल योगी, रामकुमार काफ्ले, हरिगोविन्द भोमी, नर वल्लभ, शमसेर बहादुर न्हुछे प्रधान, विष्णुकेशरी ताम्राकार, सुरोजराज कर्णिकार, गोमादेवी काफ्ले, मञ्जु काफ्ले, आयुष्मा काफ्ले, नन्दिता ढकाल, विवेक पाण्डे आकाङ्क्षा काफ्लेकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित: २३ कार्तिक २०८१ १०:४९ शुक्रबार