कला

सलमान खानलाई फेरि ज्यानमार्ने धम्की, पाँच करोड माग

बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यानमार्ने धम्की आएको छ। पहिलेजस्तै अहिले पनि लरेन्स विस्नोईको नामबाट सलमानलाई ज्यानमार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।  

समाचार एजेन्सीहरूका अनुसार मुम्बई ट्राफिक प्रहरीलाई लरेन्स बिस्नोईको नामबाट धम्कीपूर्ण सन्देश प्राप्त भएको छ। धम्की दिने व्यक्तिले आफू लरेन्स विस्नोईको भाइ रहेको बताएका छन्।

उक्त धम्कीसँगै सन्देशमा सलमान खानसँग पाँच करोड मागिएको छ। यसबारे अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ। जुन नम्बरबाट यस्तो म्यासेज आएको हो त्यसबारे पत्ता लगाउने काम भइरहेको प्रहरीको भनाइ छ।   

प्रकाशित: २० कार्तिक २०८१ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App