तिहारबाट प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मङ्गलवार फेसबुकमार्फत फिल्म हेर्ने निम्ता आएको भन्दै अनुकूल समयमा हेर्ने बताएका हुन् ।
‘पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ। तर समय अभावले हेर्न पाएको छैन,’ प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन्,‘फिल्मको समीक्षा हेर्दै गर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यावसायिकताको अन्तर्द्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु। अनुकूलता मिले फिल्म हेर्ने छु।’ फिल्मका निर्माता र कलाकारहरूलाई समेत ओलीले बधाई दिएका छन् ।
विजय बरालको शीर्ष भूमिका रहेको फिल्ममा प्रकाश सपुतको पनि अभिनय छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १५ गते प्रदर्शनमा छ
प्रकाशित: २० कार्तिक २०८१ १३:५० मंगलबार