कला

दमकमा पनि मनाइयो ११६ औं लक्ष्मी जयन्ती

साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकको संयुक्त आयोजनामा दमकमा ११६ औं लक्ष्मीजयन्ती भव्य रूपमा मनाइएको छ।

दमक नगरपालिका-६  स्थित देवकोटा चोकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरेर सुरु भएको उक्त कार्यक्रममा स्रष्टाहरूले देवकोटासम्बन्धी रचनाहरू वाचन गरेका थिए। रचना वाचन गर्ने स्रष्टाहरूमा बिन्दु दाहाल मूकदर्शक, ओमप्रसाद खनाल, मेघनाथ बन्धु, यादवप्रसाद अधिकारी झाँक्रीखोले, विवेक दुलाल क्षेत्री, अम्विका प्रसाद सापकोटा आदि थिए।

दमक नगरपालिका-६ का कार्यवाहक वडाध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानकी प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेली, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, दमक प्रज्ञाप्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोखरेलको आतिथ्य रहेका थियो।

कार्यक्रममा स्रष्टाहरू डा. लेखनाथ न्यौपाने, दुर्गा काफ्ले, रामकुमार उपाध्याय नेपाल, गोपाल दाहाल, विरेन्द्र खड्का, प्रकाश भण्डारी, रघुनाथ भण्डारी, लता मिश्र, इन्दिरा भण्डारी, रामकुमार उपाध्याय, भुपेन्द्र तिम्सिना, हिमाल सुब्बा गुराँस, गणेश गौतम, नारायण कृष्ण भण्डारी, नेत्र दाहाल, भक्तादेवी दाहाल, शान्तप्रसाद भट्टराई, राजन चापागाईं लगायतको उपस्थिति रहेको थियो।

साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सहित्य कला सङ्गमकै कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०८१ १२:३० शुक्रबार