कला

मिसेस नेपाल वर्ल्डको उपाधि डेनिलालाई

विवाहित महिलाहरुको प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्।

काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सन् २०२४ को मिसेस नेपाल वल्र्डको उपाधि जितेकी हुन्।

कार्यक्रमका मुख्य निर्णायक एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हासिल गरेकी हुन्। उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छिन्।

प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनर अपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनर अपको उपाधि किरण कार्कीले र थर्ड रनर अपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन्। उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हाँसिल गरिन्। यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन्।  

प्रकाशित: १२ कार्तिक २०८१ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App