कला

लेकालीलाई गुञ्जन पुरस्कार

गुञ्जन (नारी साहित्यिक संस्था) ले साहित्यक अभियन्ता वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलाई ‘गुञ्जन साहित्य पुरस्कार-२०८०’ बाट सम्मान गरेकाे छ।

‘गुञ्जन’ की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एलबी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशिसहित सो सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एलबी क्षेत्रीले ‘नारीवाद’ विषयमा आफ्नो धारणा राखेका थिए।

संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ १०:४७ सोमबार

# Muktak # Poem # Nibandha # Aalekha