कला

पूजा, केकी र दिपाको दसैँ

बडादसैँको मुख्य दिन शनिवार सबैले आफ्ना मान्यजनबाट टिका, जमरा र प्रसाद ग्रहण गरेका छन्।

टिकाको शुभसाइत ११: ३६ बजेबाट सुरु भएको छ भने कोजाग्रत पूर्णिमाका दिनसम्मै टिका लगाउन सकिने छ।

यसैबची, नेपालका कालकारहरूले पनि आफ्ना ठूलाबडाबाट टिका, जमरा र प्रसाद ग्रहण गरेका छन्।

अभिनेत्री दिपा श्री निरौलाले बुबाको हातबाट टिका ग्रहण गरेकी छिन्। उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै सबैलाई दसैँको शुभकामना पनि दिएकी छिन्।

यस्तै अभिनेत्री पूजा शर्माले पनि टीका, जमरा र प्रसाद गरेकी छिन् भने केकी अधिकारीले पनि टिका ग्रहण गर्दै दसैँ मनाइरहेकी छिन्।

प्रकाशित: २६ आश्विन २०८१ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App