कला

ईश्वरी कार्की वर्षाका दुई कविता

दुई कविता

१) लगाव

रूने पनि मान्छेको

बानी हुँदोरहेछ

सुखमा पनि पिच्च

आँसु झार्‍याे

दुःखमा पनि झार्‍याे

बसेपछि

लगाव

के लाग्दो रहेछ

अरे!

ओभाना आँखाले हेर्नुहोस् त!

कति सुन्दर छ

दुनियाँ।

२) शिला

कहिलेकाहीं सकिन्छन् शब्द

सापटी माग्छु

बतासको झोकासँगै नाच्ने

रूखसँग

पातसँगै नाच्ने बताससँग

क्यारिकेचर गर्दै बस्ने पर्वतसँग

गुन्गुनाइरहने झर्नासँग

लय नभुल्ने नदीसँग

अनि

लेखिदिन्छन्

किनैले कविता

बस!

खोज्छु शिला

शब्दमा जीवन भर्न।

प्रकाशित: २४ आश्विन २०८१ १३:४१ बिहीबार