कला

सुरभि साहित्य प्रतिष्ठानको नियमित शृङ्खला आख्यानवाचन कायमै

सुरभि साहित्य प्रतिष्ठानले आफ्नाे नियमित शृङ्खला १६५ औं आख्यान वाचन सम्पन्न गरेको छ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता र साहित्यकार दिवाकर न्याैपानेकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा रञ्जना पराजुली लम्साल, प्रमोद प्याकुरेल, सुशील आचार्य, सरिता दुलाल घिमिरे, परशुराम पराशर, दिवाकर न्यौपाने, बाजुराम पौडेलले कथा र लघुकथा वाचन गरेका थिए।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले स्वागत गरेको यस कार्यक्रममा प्रमुख अतिथि दिवाकार न्यौपानेले आफू यहींको बासिन्दा भए पनि यस कार्यक्रममा उपस्थित हुन नसकेकोमा खेद प्रकट गर्दै सुरभिले गरेको यो कथावाचनको कार्यले धेरै कथाकार र कथाका श्रोता जन्माउन सफल भएको रहेछ भन्ने कुरा बुझेको बताए।

सभाध्यक्ष बाजुराम पौडेलले अन्तमा कथावाचन गरी आजको कार्यक्रम गुणात्मक रहेको बताउँदै कार्यक्रमको समापन गरेका थिए।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेकाे कार्यक्रममा अच्युतराम चालिसे जस्तै अन्य अतिथिहरूकाे पनि सहभागिता रहेकाे थियाे। 

प्रकाशित: २२ आश्विन २०८१ १०:५४ मंगलबार