कला

एसएस फाउन्डेसन र साहित्यिक पत्रकार संघबाट चाणिकलाल र अशोक सिंह सम्मानित

एसएस फाउन्डेसन र साहित्यिक पत्रकार संघले असोज १२ गतेको भीषण बाढीमा पसेर मानवीय धर्म निर्वाह गर्दै दुई जनाको ज्यान जोगाउने चाणिकलाल तामाङलाई (फाउन्डेसनबाट प्रायोजित) नगद ५१ हजार राशिसहित सम्मान गरेकाे छ। यो सम्मान तामाङको अदम्य साहसको प्रशंसामा गरिएको उल्लेख गरिएको थियो। तामाङ तिमाल गाउँपालिका-९, चोकटार, काभ्रेका हुन्।

यसैगरी सोही कार्यमा मानवीय धर्म निर्वाह गर्दै भीषण बाढीमा पसेका दुई जनालाई तत्काल अस्पताल लगेर ज्यान जोगाउने नेपाल प्रहरीका पूर्व डिआइजी अशोक सिंहलाई पनि साहित्यिक पत्रकार संघबाट सम्मान गरिने घोषणा गरिएको थियो। कार्यक्रममा सिंह अनुपस्थित रहेकाले सम्मानपत्रपछि हस्तान्तरण गरिने जानकारी गराइएको थियो।

नागरिक समाज काठमाडौं क्षेत्र १ ले आयोजना गरेको दशैं, तिहार, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री सांसद राजेन्द्र लिङ्देनले प्रदान गरेका थिए।

नागरिक समाजका अध्यक्ष भिमसेन पुरीको अध्यक्षतामा भएकाे सो कार्यक्रमको सहजीकरण गीतकार एवं समाजसेवी शोभित उप्रेतीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अध्यक्ष पुरी लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

उक्तअवसरमा बागमती निर्माण व्यवसायी महासंघको कोषाध्यक्षमा निर्वाचित भएकोमा राजन उप्रेतीलाई बधाई ज्ञापन गरिएको थियो।

चणिकलालले यही असोज १२ गते ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनाको उद्धार गरेका थिए।

चणिकलालले एक सामान्य नागरिकका रूपमा गरेको सम्मानप्रति खुसी प्रकट गर्दै आफूले पाएको राशि आफूले बाढी पहिरो पीडितलाई नै दिने बताए।

प्रकाशित: २० आश्विन २०८१ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App