कला

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

मुम्बई– फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा २० वर्षदेखि अदालतमा चलिरहेको मुद्दामा अभिनेता सलमान खान दोषी ठहर भएका छन्।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको मुद्दामा विहीबार जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले  सलमानलाई दोषी ठहर गरेको हो। 

अदालतले सलमानसहित सबै आरोपी (सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलम)लाई उपस्थित हुन निर्देशन दिएको छ। अदालतको आदेशपछि उनीहरु सबै जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

भारतीय वन्यजस्तु ऐनअनुसार हरिण सिकार मुद्दामा सलमानलाई अधिकतम ६ वर्ष जेलसजायँ हुनसक्छ। यद्यपी सलमानका वकिलले ३ वर्षको सजाय माग गरेको बताइएको छ।

आरोपीमाथि आजै अपराह्नसम्म सजायँको फैसला सुनाइने बताइएको छ।

प्रकाशित: २२ चैत्र २०७४ ०७:५३ बिहीबार

हरिण मुद्दामा सलमान दोषी ठहर जेलसजायँ हुनसक्ने