कला

अलाइजा ‘मिसेस नेपाल ग्ल्याम’

काठमाडौं – काठमाडौं डिल्लीबजारकी २३ वर्षीया अलाइजा महर्जन यो वर्षको ‘मिसेस नेपाल ग्ल्याम २०१८’ बनेकी छन्।

३४ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी महर्जन ‘मिस कन्जिनियालिटी’ र ‘मष्ट पोजेटिभ एटिच्युट’ पनि भइन् । उनले मंगलमुर्ति ज्वेलर्सबाट औठी, राइस एजुकेसनबाट आइएलटोफिएल कोर्ससँगै मोडलिङको अवसर पनि पाइन् ।राजधानीमा मंगलबार साँझ सम्पन्न प्रतियोगितामा बन्दना केसी ‘फष्ट रनरअप’सँगै ‘बेस्ट स्पिच’ र ‘फेसबुक च्वाइस’, शान्ति पाख्रिन लामा ‘सेकेन्ड रनरअप’सँगै ‘मस्ट ट्यालेन्ट’, मोना भट्टराई ‘थर्ड रनरअप’सँगै ‘मिसेज ब्युटिफूल’ र सुजता राई ‘फोर्थ रनर अप’सँगै ‘भ्युवर्स च्वाइस’ र ‘मस्ट स्टाइलिस’ बनिन्।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगीतामा रोजी खड्का ‘मिसेज क्याटवाक’, ज्योति आचार्य केसी ‘बेष्ट हेयर’, पुनम सापकोटा ‘मस्ट फोटोजेनिक’ र ‘वेष्ट फिजिक’, ज्योति सापकोटा ‘बेष्ट पर्सनालिटी’, सृष्टि न्यौपाने तिवारी ‘बेस्ट स्क्रिन’, अंकिता शाह ‘मस्ट डिसिप्लेन’, ममता शाही ‘बेष्ट डान्स’, प्रतिभा लम्साल दाहाल ‘ब्युटी विथपर्पस’, पाल्साङ लामा ‘मष्ट चार्मिङ’, सुनिता बुढाथोकी ‘सोसियल्ली रेस्पोनसिबल’ बने।

त्यस्तै उषा न्यौपाने ‘मष्ट एक्टिभ’, नम्रता कर्ण ‘मस्ट आइकनिज आइज’, सिर्जना बस्नेत ‘बेष्ट परफर्मर’, सुमित्रा श्रेष्ठ ‘बेष्ट फिटनेश’, विइस्याङ तामाङ प्याकुरेल ‘मस्ट क्रियटिभ’, सिर्जना पनेरु ‘मस्ट इन्टेलेक्चुअल’, कमला बास्तोला ‘मस्ट डिर्जभिङ’, करुणा न्यौपाने ‘बेष्ट डान्सर’, गीता परियार ‘बेष्ट सिंगर’, पिंकी तामाङ ‘मिसेस लब्ली फेस’, एएसन पौडेल ‘मस्ट डायनामिक’, सुस्मा शाह ‘मस्ट फ्रेण्डी’, लक्ष्मी खड्गी ‘ब्युटीविथ रेस्पोनसिबिलिटी’, गौरी भुजेल ‘ब्युटि फर हेल्थ’, ज्योति ठाकुर ‘मस्ट पंचुअल’ र छिरिङ लामा शेर्पा ‘मस्ट गर्जियस’ बने।

प्रतियोगितामा निर्देशक तथा कलाकार रमेश बुढाथोकी, ‘मिसेज नेपाल इन्टरनेसनल’ सविता लामिछाने, गायक तथा नायक यस कुमार, अभिनेता तथा निर्माता गजित बिष्ट, गायक धिरेन्द्र र संगीतकार सरोज प्याकुरेल निर्णायक थिए । आयोजक संस्थाका आशिष मिश्रले विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए।

 

प्रकाशित: २२ चैत्र २०७४ ०३:१९ बिहीबार

अलाइजा मिसेस नेपाल ग्ल्याम