कला

प्रहरी प्रवक्ता कार्कीको 'दसैँ रमाइलो' सार्वजनिक, दीपाश्री, प्रियंका र सरोजको अभिनय (भिडियोसहित)

नेपालीहरुको ठूलो चाड दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको 'दसैँ रमाइलो' बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओलीलाई फिचर्ड गरिएको छ । दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् ।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् । 'विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,' गीतबारे गीतकार कार्कीले भने, 'यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ । गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ । नाच्ने खालको गीत बनेकाले यसपटकको दसैँमा दर्शक झुमेर नाच्न पनि सक्छन् ।'

प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागर गरिएको 'फूलको वासना सरी' बोलको गीत सार्वजनिक भएको थियो ।

प्रकाशित: ११ आश्विन २०८१ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App