कला

साँझमा सेल्फी लोकार्पण

कवि, उपन्यासकार हेम प्रभासको कवितासङ्ग्रह साँझमा सेल्फी राष्ट्रिय नाचघर जमलमा लोकापर्ण भएकाे छ। कवि, मदन पुरस्कार विजेता डा. नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल र कवि हेम प्रभासले कवितासङ्ग्रहकाे   लोकार्पण गरेका हुन्।

कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी, राजनैतिक विशेषज्ञ शंकर तिवारीद्वारा कविता वाचनका साथै गायक सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा कवितामा गायन गरिएको थियो। वरिष्ठ कलाकार सरोज खनालबाट कवितासङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरिएको थियो। कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए।

कवि डा. नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिंदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए।

कवि हेम प्रभासले आफू दुई दशकदेखि कवितामा साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै साँझमा सेल्फी एक दशकमा लेखिएका बिलकुलै नयाँ कविताकोसङ्ग्रह रहेको बताए। शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ। 

प्रकाशित: ६ आश्विन २०८१ ०८:०७ आइतबार