कला

अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे!

गजल

१) गजल

चबाउ साथी चबाउ दाँत तिम्रै भए,

मौका फेरि आउन्न जमात तिम्रै भए।

छानीछानी तोडफोड हुत्याउ बेस्सरी,

बहुरूपी रङ्ग अनि जात तिम्रै भए।

मन लागे फिस्स हाँस नत्र छोडिदेउ,

फैसला नै सुनाउने वात तिम्रै भए।

धर्तीआकाश सबथोक तिम्रो जगतै,

बेमौसमी खुसीका उन्मात तिम्रै भए।

अघि हो या पछितिर साथ ठूलैबडा,

अंशवण्डा भाग दिने हात तिम्रै भए।

मैमत्ताको सनक तिम्रो नीरस अरू ,

काम्ने भयो उज्यालो नि रात तिम्रै भए।

२) गजल

आफ्नो पीडा आफैंसँग, चासो अरूलाई

रमाउँदै थपडीमा, हाँसो अरूलाई।

जिन्दगीकै राजीनामा दिंदा पनि यहाँ,

आखिर केको हो यो, गुनासो अरूलाई।

अलिकति खुसी टिपी बाँचौ भन्यो अब,

हल्का हुन्छ मन, गलापासो अरूलाई।

दु:ख पर्दा आफ्नै छायाँ भागेजस्तो पर,

सुख हुन्छ थोरै, रासोवासो अरूलाई।

३) गजल

डर मलाई भो यता आउनुमा।

कर तिम्रै थियो माया लाउनुमा।

ढुङ्गा कहाँ हो ररु मन नपग्लिने,

रहर बढ्दै गो हाँस्दै गाउनुमा।

मिल्ने पनि त होइन सबै रोजेको,

गजब कर्मै हो तिमी पाउनुमा।

कुरा न हो काटिन्छन् जतिखेरै,

के भो त अरूले मुख बाउनुमा।

यो मन चङ्गा हो नीरस नबन्दा

केही त पक्कै छ खुसी छाउनुमा।

४) गजल

कहीं न कहीं स्वार्थ बोकेर पोखिन्छ मान्छे,

अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे।

सारा देख्छ दुनियाँमा स्वार्थ नै झल्किएको,

अस्तव्यस्त तराजुमा तब जोखिन्छ मान्छे।

छोड्दै जानेछन् साथ आफन्तहरूले पनि,

आफ्नैहरूबाट बारम्बार टोकिन्छ मान्छे।

अस्तित्व गुमेपछि, पहिचान हराउँदा,

थोत्रिएर कौडिको भाउमा तोकिन्छ मान्छे।

थोरै खुसी अति पीडा बेचैनी कतिकति,

अमूल्य जिन्दगी न रोक्छ न रोकिन्छ मान्छे।

५) गजल

डर मलाई भो यता आउनुमा।

कर तिम्रै थियो माया लाउनुमा।

ढुङ्गा कहाँ हो र! मन नपग्लिने,

रहर बढ्दै गो हाँस्दै गाउनुमा।

मिल्ने पनि त होइन सबै रोजेको,

गजब कर्मै हो तिमी पाउनुमा।

कुरा न हो काटिन्छन् जतिखेरै,

के भो त अरूले मुख बाउनुमा।

यो मन चङ्गा हो नीरस नबन्दा

केही त पक्कै छ खुसी छाउनुमा।

प्रकाशित: ४ आश्विन २०८१ ११:५७ शुक्रबार

# Muktak # Laghukatha # Poem # Gajal # Gajal Sangraha