कला

अभिनेता नवाजुद्दिन भन्छन्: नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छ

भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन्।

काठमाडौंमा एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन्।

उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए। उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे।

उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन्। त्यसले एउटा माहोल बन्छ। अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन्। जो अहिले पनि छन्। अब उनीहरुले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ। उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन्।’

प्रकाशित: २५ भाद्र २०८१ १२:५८ मंगलबार

#Actor Nawajudin suduki