कला

होलोग्रामबाट सूचना हेर्न र सुन्न सकिने

यस्ताे पनि!

मानौँ, तपाईं एउटा गुप्त परियोजना सञ्चालन गर्दै हुनुहुन्छ। त्यसबारे कसैलाई सन्देश दिनु छ। दिइएको सन्देश पुगिसक्यो तर लिन बाँकी छ। यस्तोमा तपाईंले पहिले पठाइसकेको सूचनामा केके हटाउने भनी फेरि निर्णय गर्न सक्नुहुन्छ।

पठाइसकेको सूचना अब प्राप्तकर्ताले एउटा कोड हान्ने छन्। उनले त्यो सूचना होलोग्राममार्फत हेर्न र सुन्न सक्ने छन्। त्यति मात्र होइन, उनीहरूले प्राप्त गरेको सन्देश पहिले पठाइएकोमा सम्पादित छ भने सम्पादित सूचनाहरू नै प्राप्त गर्ने छन्। त्यसपछि त्यो सन्देश आफैँ नष्ट हुन्छ। यस्तो दृश्य सम्भवतः कुनै जेम्स बोन्ड फिल्म वा कुनै साइफाईमा हेरिसक्नु भएको हुनसक्छ।

खासगरी होलोग्राममा ठ्याक्कै मान्छे देखिने र उसले चाहिने सूचना दिने गरेको दृश्य त हलिउडले धेरैअघि कल्पना गरिसकेको हो। तर अब त्यसका लागि हलिउड नै कुरिरहनु नपर्ने भएको छ।

अब क्वान्टम प्रकाश संकेतमार्फत त्यस्ता सूचनाहरू पठाउन सकिने र पठाइसकेका सूचनाहरू वास्तविक रूपमा पनि पुनः सम्पादन गर्न सकिने भएको छ। बेलायतको युनिभर्सिटी अफ एक्स्टरका प्राध्यापक जेन्सन ली र उनका सहयोगीले मेटासर्फेस प्रयोग गरी यस्तो सूचना पठाउन मिल्ने बनाएका हुन्। यस्तो विधिलाई उनीहरूले क्वान्टम होलोग्राममार्फत सन्देश आदान प्रदान गर्न सकिने बताएका छन्।

फोटोन अथवा प्रकाशका तत्त्वहरूलाई एकमुष्ठ पठाउने क्वान्टम अवस्था निकै सुरक्षित मानिन्छ। यसलाई ठूलो उपकरण बिना नै प्रयोग गर्न सकिने बताइएको छ। दुई आयामिक सामग्रीलाई क्वान्टम होलोग्रामहरू बनाइएको थियो।

ली भन्छन्, ‘मेटासर्फेसले फोटोनहरूमा अझ जटिल जानकारी इन्कोड गर्न सक्छ। क्वान्टम क्रिप्टोग्राफी प्रोटोकलको भागका रूपमा यसले इन्कोड गर्ने भएकाले यो ज्यादै सुरक्षित पनि छ।’

लीले गएको २१ अगस्तमा अमेरिकाको सान डिएगो अप्टिक्स प्लस फोटोनिक्स सम्मेलनमा प्रायोगिक रूपमा नै प्रस्तुति दिएको न्यु साइन्टिस्ट साप्ताहिकले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८१ ०७:११ आइतबार

# Yasto Pani! #Hologram