कला

दुई दशकपछि दीपेन्द्र गौचन निर्देशनमा फर्किए, 'मिसिङ् : केटी हराएको सूचना' चलचित्र घोषणा

चर्चित निर्देशक दीपेन्द्र गौचन करिब दुई दशकपछि चलचित्र निर्देशनमा फर्किएका छन् । लामो समय फिल्मी क्षेत्रबाट बाहिर बसेका गौचनले  'मिसिङ् : केटी हराएको सूचना' चलचित्र घोषणा गर्दै फिल्मी क्षेत्रमा फर्किएको बताएका हुन् । नेपाली चलचित्रको परिवेश बदल्ने सोचका साथ नेपाल फर्किएर चलचित्र निर्देशनमा लागेको उनको भनाइ छ ।  

उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउने दाबी गरे ।  

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ।  

'मिसिङ् : केटी हराएको सूचना'मा नाजिर हुसेन, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय रहने बताइएको छ । 

प्रकाशित: १९ भाद्र २०८१ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App