कला

'भ्रष्टाचारको चपेटामा देश' गीतकाे छायांकन

अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठककाे 'भ्रष्टाचारको चपेटामा देश' भ्रष्टाचारविरुद्धको गीतको म्यूजिक भिडियोको छायांकन सकिएको छ। सो म्यूजिक भिडियोको छायांकन होटल सिटी गाउँ, भक्तपुरमा भएको थियो।

हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराएका हुन्। उनका अनुसार लाेकप्रिय गायकहरू कुन्ती मोक्तान र शिशिर योगीले सो गीत गाएका हुन् भने लाेकप्रिय सङ्गीतकार बीबी अनुरागीले सङ्गीत भरेका छन्।

यस म्यूजिक भिडियोमा कलाकारहरू किरण केसी, विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आरके मानन्धरले अभिनय गरेका छन्। सो म्यूजिक भिडियोको निर्देशकमा सुदन केसी र सहनिर्देशकमा चन्द्र भण्डारी रहेका छन्।

'भ्रष्टाचारको चपेटामा देश' को गीतको परिमार्जन सर्जकहरू जनक थापा र रामप्रसाद खनालले गरेका थिए।

म्यूजिक भिडियोको छायांकनमा फाउन्डेसनकी संरक्षक सरिता पाठक, मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटी, पत्रकार शिव गाउँले, समाजसेवीहरू ओम उप्रेती, गोपाल गड्तौला, कमल रिजाल, प्रकाश भेटवाल, सन्ध्या सिटौला, समिष्टा भेटवाल, दिपक भेटवाल, सुनिता भेटवाल, सिर्जना पोखरेल, पूजा सुवेदी, रन्जु निरौला, नविन भेटवाल, दिनेश बस्नेत, अनु थापा, गणेश बस्नेत, मेजर केशर महत, ज्ञानबहादुर कार्की, विष्णुमाया भेटवाल लगायतको सहभागिता रहेको थियो।

हेम सरिता पाठक फाउन्डेसनले एक लाखको 'भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार' एक लाखको 'हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार' र दुई लाखको 'टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' प्रदान गर्दै आएको छ।

यस्तै प्रतिष्ठानले नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गका लागि घर निर्माण र आयमुलक कार्यक्रमका लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ।

यसैगरी  प्रतिष्ठानले बाजुरा र झापाका विभिन्न क्षेत्रका अशक्त र असहाय लगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ।

प्रकाशित: १८ भाद्र २०८१ १२:२१ मंगलबार

#A country in the grip of corruption #Hem Sarita Pathak Foundation