कला

पदभार ग्रहणपछि दिनेशले भने: भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रै गेटबाट निकाल्छु

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहाल (डिसी) ले बोर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन्।

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने उनले बताए। 

सोमबार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताए।

उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताए। उनले सात दिनभित्र आफ्ना कार्य योजना प्रस्तुत गर्ने पनि बताए। 

प्रकाशित: १७ भाद्र २०८१ १७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App