कला

फिल्म ‘स्त्री २’ ५ सय करोड क्लबमा सामेल

राजकुमार राव र श्रद्धा कपुर अभिनीत बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ।

आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै चलचित्रले कूल ५०२.३५ करोड भारु कमाएको हो।

५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र बनेको छ। यसअघि पठान, जवान, गदर २, एनिमल र बाहुबलीले ५ सय करोडभन्दा बढीको कमाई गरेको थियो।

स्त्री २ को क्रेज अझै पनि उत्तिकै छ। यो फिल्मले अझै बढी कमाउन सक्ने विश्लेषकहरूले आङ्कलन गरेका छन्।

यो चलचित्र गत अगस्त १५ मा रिलिज भएको थियो। 

प्रकाशित: १७ भाद्र २०८१ १४:५८ सोमबार

#Flim Stree 2 #Rajkumar rawo #shraddha Kapur