कला

‘गल्याङ प्रज्ञाप्रतिष्ठान’ ले मनायाे ‘गल्याङ गजल उत्सव’

स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक ‘गल्याङ गजल उत्सव- २०८१’ भएको छ।

१५९ औं मोती जयन्तीको सन्दर्भमा गल्याङ प्रज्ञाप्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा गल्याङ- ३, स्थित गल्याङ बहुमुखी क्याम्पसमा ‘गल्याङ गजल उत्सव-२०८१’ पहिलो कार्यक्रमको रूपमा सम्पन्न भएको छ।

गल्याङ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको गल्याङ गजल उत्सव-२०८१ कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई रहेका थिए।

आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका वडा नम्बर-३ अध्यक्ष कृष्णप्रसाद भट्टराई, १० का वडाध्यक्ष मुक्तिप्रसाद खनाल, ८  का वडाध्यक्ष झिमबहादुर थापा र ११ वडाध्यक्ष दलबहादुर सिङ्जाली र गल्याङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ऋषिराम भण्डारी रहेका थिए।

गल्याङ प्रज्ञाप्रतिष्ठानका संस्थापक सचिव मिलन समीरले सहजीकरण गरेकाे कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सूर्यप्रसाद डुम्रेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका सदस्य युवा कवि प्रेमबन्धु सुवेदी मोतीराम भट्टको व्यक्तित्वबारे प्रकाश परेका थिए।

कार्यक्रममा स्याङ्जाली गजलकार व्यक्तित्वहरू : मिलन समीर, दिलीप तिवारी फकिर, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, कला पाठक, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर केसी, हरि अधिकारी, वसन्त खनाल, शम्भु अर्याल, तोरणराज बस्याल, नारायण न्यौपाने दर्शन, गुरुप्रसाद ढकाल, प्रेमकुमार काफ्ले, सिर्जना खनाल, सिर्जना पाठक, लीलाबल्लौ अर्याल, प्रकाश न्यौपाने प्रयास, प्रणव अर्याल, लक्ष्मणप्रसाद तिमिल्सिना, लेखनाथ काफ्ले, कुसुम भण्डारी, विक्रम परियार आदिले गजल वाचन वाचेका थिए ।

प्रकाशित: १७ भाद्र २०८१ १०:३६ सोमबार