कला

देखाइयाे ‘यौवन हराएको मान्छे’

साहित्य पाेस्टले सोलुखुम्बुका कवि डिइबी सिकारुको ‘यौवन हराएको मान्छे’ कवितासंग्रहकाे लाेकार्पण गरेकाे छ।

चर्चित कविद्वय श्रवण मुकारुङ र डा.नवराज लम्सालले कवि सिकारुकाे ‘यौवन हराएको मान्छे’ कवितासंग्रहकाे संयुक्त रूपमा लाेकार्पण गरेका हुन्।

वैदेशिक रोजगारीकाे क्रममा कवि कोरियामै रहेकाले साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले कविको प्रतिनिधित्व गरेका थिए।

कार्यक्रममा कवि वरिष्ठ श्रवण मुकारुङले कवि सिकारुकाे गद्य कवितामा नयाँ शैली आएको बताए। उनले भने, ‘सिकारुका कविता गद्य हुन्। गद्य कविता लेख्न झट्ट हेर्दा सजिलो भए पनि गद्यभित्र सिकारु शैली आउनुचाहिं नयाँ हो।’

त्यस्तै भानु प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि डा. नवराज लम्सालले मनैदेखि लेखिएकाले ‘सिकारुका कविताहरू सरल, सरस र छोटाे भएकाे बताए।

उनल भने,  ‘कविले परदेशमा काम गर्दा गर्दै थाकेका बेला मनका भावनालाइ कलात्मक रूप दिएर कविता काेरेका छन्। जहाँ बसे पनि आफ्नो भूमि, आफ्नो वेदना र आफ्ना दुःखसुख साहित्यमार्फत आउनु यो पुस्तकको विशेषता हो।’

साहित्यपोस्टको माउ संस्था शब्द मिडियाले प्रकाशन गरेको उक्त कवितासंग्रहमा लामा छोटा पैतालीस कविता छन्। ‘यौवन हराएको मान्छे’ भित्र देशप्रेम, परिवारभित्रको संवेदना, विदेशको श्रमभित्र लुकेका पीडा, प्रेम र यौवन जस्ता विषय समेटिएका छन्। पुस्तकको मूल्य तीन सय पचास रूपियाँ रहेको छ।

प्रकाशित: १७ भाद्र २०८१ ०९:३९ सोमबार