कला

लघुकथाकार परशुराम पराशरको ‘सावधान’ को लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानले कथाकार परशुराम पराशरको ‘सावधान’ लघुकथासङ्ग्रहको लोकार्पण गरेको छ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता तथा वरिष्ठ कथाकार विजय चालिसेको प्रमुख आतिथ्यमा प्रमुख अतिथि विजय चालिसे, कार्यक्रमका अध्यक्ष बाजुराम पौडेल, विशिष्ट अतिथि साहित्यकार एवं पूर्व राजदूत रमेशप्रसाद खनाल, अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, वरिष्ठ लघुकथाकारहरू - खेमराज पाेखरेल, शीतल गिरी लगायतले कृतिकाे लोकार्पण गरेका थिए।

कार्यक्रममा साहित्यकार भगतदास श्रेष्ठ, बखतबहादुर थापा, समाजसेवी गोपाल बराल, पत्रकार निर्मल अर्याल, मधुसूदनप्रसाद घिमिरे लगायतका अन्य कथाकार र लघुकथाकारहरूको सहभागिता रहेको थियो।

समालाेचक लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। प्रमुख अतिथि विजय चालिसेले समीक्षकको समीक्षाको सराहना गर्दै कथाकार पराशरलाई बधाई तथा शुभकामना दिएका थिए। उनले विदेशीको दाँजोमा नेपाली लघुकथा ज्यादै छोटा लघुकथा भन्न मिल्ने र यो लेख्न पनि कठिन हुने बताए।

उनले कस्ता प्रकारका र कतिसम्म शब्द भएकालाई लघुकथा भनिन्छ भन्ने कुराको यकिन नभएको बताउँदै रुसी लघुकथा १३५ पृष्ठसम्मको रहेको पनि बताए।

विशिष्ट अतिथि रमेशप्रसाद खनालले लघुकथाको संरचनाबारे बताउँदै नेपाली लघुकथालाई अङ्ग्रेजीमा के भन्ने होला भन्ने प्रसंग उठाउका थिए। उनले अङ्ग्रेजीका सर्ट-स्टोरी भनेका नेपाली लघुकथाभन्दा लामा हुने भएकाले यिनलाई सर्ट-सर्ट-स्टोरी भन्ने त होला भन्ने कुरा बताएका थिए।

यस्तै विमल अर्याल, शीतल गिरी लगायतले ‘सावधान’ लघुकथाकृति लघुकथाको क्षेत्रकाे  विशिष्ट उपलब्धि रहेको बताए।

सुरभि साहित्य प्रतिष्ठानकाे आफ्नाे १६४ औं आख्यान वाचनको अवसरमा भएकाे लाेकार्पण कार्यक्रममा कथाकारहरू - दीपक लोहनी, कात्यायन, ऋचा, रमेश भट्टराई पुजारी, खेमराज पोखरेल, मधुसूदनप्रसाद घिमिरे, भारद्वाज मित्र, रामचन्द्र खतिवडा, गङ्गाप्रसाद भेटवाल, गोपाल बराल, शैलेन्द्र श्रेष्ठ, निर्मलरमण पराजुली र लीलाराज दाहालले कथा, लघुकथा र निबन्ध वाचन गरेका थिए।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेकाे कार्यक्रममा प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १६ भाद्र २०८१ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App